काठमाडौ श्रावण १८, दुर्इ दिने नेपालको औपचारिक भ्रमणको लागि नेपाल आइपुग्नु भएकाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मपुत्र नेपाली युवक जीतबहादुर मगरको परिवारसँग होटल हायात पुग्नेबित्तिकै भेट गर्नुभएको छ । दश वर्षकै कलिलै उमेरमा नवलपरासीस्थित आफ्नो घर छाडेर हिँडेका जीतबहादुर बेवारिसे अवस्थामा अहमदावादबाट संयोगवश प्रम मोदीको सम्पर्कमा पुग्नुभएको थियो । मोदीले उहाँलाई आफ्नो परिवारको सदस्यका रूपमा पालनपोषण र रेखदेख गर्नुका साथै उच्च शिक्षासमेत उपलब्ध गराउँदैै आउनुभएको थियो । त्यस्तै मोदीले शनिबार आफ्नोे ट्वीटर आडीमार्फत मगरका परिवारसँग पुनर्मिलन गराउन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उल्लेख गरेका थिए ।