सोमवार, अशोज ८, २०८०

बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्दारा दुःख व्यक्त

सहयोगीको भुमिका निभाउन तयार रहेको अभिव्यक्ति

काठमाडौ भाद्र २, पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत बिपतको यो घटीमा आफु पनि g shahसहयोगीको भुमिका निभाउन तयार रहेको बताएका छन ।

पूर्वराजा शाहले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै दुःख, कष्ट, आपत, विपत र क्षतिको यो घडीमा आफूहरुको पनि सहयोगी भूमिका रहने भन्दै सयौं व्यक्तिको मृत्यु, घाइते र वेपत्ता तथा हजारौको घरवार उठीवास भएको घटनाबाट आफू दुखित भएको बताउनु भएको छ । साथै उहाँले विज्ञप्तिमा यस्तो प्राकृतिक विपत रोकथामका लागि पूर्व सतर्कता र प्रकोप न्यूनिकरणको पूर्व व्यवस्थापनमा जोड दिन सरकारसङग आग्रह पनि गर्नु भएको छ ।