मङ्लबार, जेष्ठ २३, २०८०

बाढीले पूर्व–पश्चिम राजमार्गमा अवरोध

रौतहट श्रावण २९, पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चाँदी पुल नजिकको लच्कामा गएरातिदेखि बाढी आएपछि सवारी आवागमनमा 76f61058c838605d4cc9213d4a9d3de7_Lअवरोध उत्पन्न भएको छ । रातभर परेको मुसलधारे पानीका कारण आएको बाढीले बिहान ४ः३० बजेदेखि सवारी आवागमन अवरोध उत्पन्न भएको हो ।  सवारी आवागमनमा अवरोध उत्पन्न भएपछि चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र बेस क्याम्पका सुरक्षाकर्मीले बाग्मती सिँचाइ आयोजनाको रौतहटतर्फको नहर प्रणालीको नौवटा ढोकामध्ये तीनवटा खोलेपछि जमेको पानीको बहाव केही कम भएको र सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन गरिएको थियो ।सशस्त्र प्रहरी नायब उपरीक्षक भोला गिरीले सुरक्षाकर्मीको सक्रियतामा मुख्य राजमार्गको अवरोध एकतर्फी रूपमा खोलिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजमार्गमा रहेका सुरक्षाकर्मीको सक्रियतामा बाटो खुलाइएको छ, आत्तिहाल्नुपर्ने अवस्था छैन । पानी पर्ने क्रम जारी रहे अझै आवागमनमा समस्या आउन सक्छ ।”यसैबीच, तराईको बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा अविरल रूपमा वर्षा भएपछि कृषक हर्षित भएका छन् । कतै यस्तो पानीले अनिष्ट गर्ने त होइन भन्ने चिन्ता पनि सर्वसाधारणमा देखिएको छ ।लगातारको पानीका कारण बाग्मती तथा लालबकैया नदीमा जलस्तर बढ्नुका साथै नदी आसपासका भागसमेत कटानमा पर्न थालेका छन् ।बाग्मती नदीमा पानीको बहाव बढ्ने क्रम नरोकिएपछि पौराईस्थित बाग्मती सिँचाइ आयोजनाले रौतहट तथा सर्लाहीतर्फको नहर प्रणालीका सबै ढोका खुल्ला गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031