काठमाडौं भाद्र १२, प्रजातन्त्रवादी पत्रकारहरूको छाता सङ्गठन नेपाल प्रेस युनियनको यही भाद्र २१ र २२ गते पोखरामा हुने आठौं राष्ट्रिय महाधिवेशन अन्र्तगत काठमाडौं दुई दिनसम्म चलेको युनियनको केन्द्रीय समितिको बैठकले विधानको पाँचौँ संशोधनबाट समावेशीसहित ७१ सदस्यीय कार्यसमिति बनाउने प्रस्तावलाई अनुमोदन गरेको बुझिएको छ।
जसअनुसार युनियनको संशोधित विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक समावेसी उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक महासचिव रहनेछन् । त्यस्तै तीन उपमहासचिव, चार सचिव र छ क्षेत्रीय संयोजक गरी २१ पदाधिकारी रहने कार्य समितिमा १४ अञ्चल संयोजक तथा १५ खुल्ला, तीन मधेसी, तीन महिला, तीन आदिवासी÷जनजाति, एक दलित, एक अल्पसङ्ख्यक÷अपाङ्, एक पिछडिएको क्षेत्र, एक प्रतिष्ठान, एक उपत्यका र मनोनित सात गरी जम्मा ३६ सदस्यको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।