मङ्लबार, जेष्ठ २३, २०८०

प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ श्रावण १८ ,गएराति सिन्धुपाल्चोकको माङ्खा गाविसमा आएको भीषण पहिरोका कारण सुनकोसी नदी थुनिएर अकल्पनीय र अप्रत्यासितरूपमा भएको nc jhandaजनधनको क्षतिप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै घटनमा परि मृत्यु भएका दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको छ ।

त्यस्तै काँग्रेसका मुख्यसचिव ऋषिकेष तिवारीद्वारा आज जारी विज्ञप्तिमा काँग्रेसले पहिरोमा परी हराइरहेकाहरूको तदारुकताका साथ खोजी गर्न र राज्यका सम्पूर्ण निकायहरू परिचालन गरी तत्काल उद्धार कार्यलाई अझ बढी प्रभावकारी बनाउन, पीडित परिवार घाइतेहरूको उपचारको लागि आवश्यक प्रबन्ध मिलाउँदै मृतक परिवारलाई उचित राहत दिन सरकारसँग माग पनि गरेको छ ।

साथै प्राकृतिक विपत्तिको यस दुखद घडिमा क्षतिको विवरण सङ्कलन, राहत वितरण एवम् समग्र उद्धार कार्यमा आफ्नो स्थानीय तहमा क्रियाशील पार्टीका स्थानीय नेता एवम् कार्यकर्ताहरुलाइ सक्रियतापूर्वक उहयोग गर्नका लागि पनि काँग्रेसले आग्रह गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031