शनिबार, जेष्ठ २७, २०८०

प्रम मोदीद्दारा आराध्यदेव पशुपतिनाथको पूजा अर्चना

  काठमाडौं श्रावण १९, दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहि समय अगाडि पशुपतिनाथ मन्दिर पुगेर अरध्यदेव भगवान पशुपतिनाथको विशेष पूजा अर्चना गर्नु भएको छ । मन्दिरका मूल पूजारी गणेश भट्टले मोदीको विशेष पूजा सुरु गराउँनु भएको हो । यस अघि pasupati-nath प्रम मोदी पाशुपत क्षेत्रमा पुग्दा सवारी मन्त्री डा. मिलेन्द्र रिजाल तथा पर्यटन मन्त्री भिम आचार्य सहित पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुले उहाँलाइ स्वागत गर्नु भएको थियो ।
विशेष पूजा एवम प्रम मोदीको स्वागताका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरको सरसफाइ गराउनुको साथै मन्दिरलाई पूर्णरुपले सजाइएको छ।

यसैवीच करिव पूजा ४० मिनटको पूजा पछि मोदीलाई दर्शन गर्ने क्रममा पशुपतिनाथको दृष्टिप्रसाद मन्दिरका मूलभट्ट गणेश भट्टले मोदीलाई विशेष उपहारका रूपमा दिनु एको छ भने पूजाका क्रममा संकल्प, रुद्राभिषेक, पञ्चामृत स्नान, शृगार, मंगल आरती गरिएको बुझिएको छ । पशुपतिनाथको दर्शन एवम् विशेष पूजाका लागि प्रम मोदी पाशुपत्र क्षेत्र जाँदै  गर्दा मन्दिर प्राङगमा ब्राह्मण बटुकहरूले स्वस्ति वाचनसहित वैदिक मन्त्रोच्चारण र मन्दिर वाहिरको क्षेत्रमा पञ्चेबाजा, धिमेबाजा, गुँलाबाजा र बाँसुरीवादन गराइएको थियो । त्यस्तै    प्रधानमन्त्री मोदीले बासुकी, गुप्तेश्वर महादेव, दूध गणेश, निद्रश्वर, सूर्यनारायण, गरुढ नारायण र सरस्वतीको दर्शन गर्ने कार्यक्रम छ । सरस्वती, कलियुगेश्वर, श्रीकृष्ण, कृति भैरव, शितलमता, मु्क्त भैरव पनि दर्शन गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031