आइतवार, जेष्ठ २१, २०८०

प्रधानमन्त्री कोइराला र राजस्थानका पूर्व मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौ श्रावण ३०, प्रधानमन्त्री सुशील कोइरालासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भारतको राजस्थान राज्यका पूर्व मुख्यमन्त्री अशोकसिंह गेलेटले भेट्वार्ता गर्नु भएको छ।  भेटवार्ताको क्रममा प्रधानमन्त्री कोइरालाले राजस्थानको विकास मोडलको बारेमा चासो राख्नुभएको थियो भने पूर्व मुख्यमन्त्री गेलेटले गान्धीवादी नेता कोइरालाको कार्यकालमा नै नयाँ संविधान जारी हुनुपर्ने बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ।