काठमाडौ भाद्र ९, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित पत्रिकाको वितरणमा नेकपा–माओवादीका कार्यकर्ताद्वारा गरिएको योजनाबद्ध आक्रमणप्रति भत्र्सना गुर्नभएको छ । आज एक विज्ञप्ति जारी गरी नेता देउवाले पत्रिका वितरणमा गरिएको अवरोधले प्रेसमाथिको स्वतन्त्रताको खिल्ली उडाएको बताउँदै सञ्चार माध्यम निर्वाधरुपमा चल्न पाउनुपर्ने बताउँदै मानव अधिकार र जनताको सुसूचित हुने नैसर्गिक अधिकारविरुद्धको कार्य भएकाले त्यसलाई तत्काल रोकी व्यवस्थापनसँग सम्वाद गरी समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।