मङ्लबार, जेष्ठ २३, २०८०

नेपाली चलचित्र जगतका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन

 bकाठमाडौं श्रावण २५, २०४५ सालदेखि अविराम नेपाली सिने जगतमा क्रियाशील रहदै प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, जस्तो सफल फिल्म दिन सफल का नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको छ । ४७ वर्षीय उनी दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । नायक श्रेष्ठले गत आषाढ २३ गतेमात्र कलाकार श्वेता खड्कासङग विवाहबन्धनमा बाँधिएका थिय ।उनकै लगानीमा बनेको नेपाली चलचित्र कोहिनूर शुक्रबारदेखि प्रदर्शन थालिएको छ ।

यसैवीच नायक श्रेष्ठको पार्थिब शरीरलाई दिल्लीबाट सम्भवभएसम्म आजै ल्याउने तयारी भैरहेको छ । शवलाई अन्तिम श्रद्धान्जलीका लागि काठमाडौको प्रज्ञाभवन परिसरमा राखिने बुझिएको छ । यस्तो छ  नेपाली चलचित्र कोहिनूरका निर्माता समेत रहेका नायक श्रेष्ठले    दर्शकलाई गरेको अपिल:

httpv://www.youtube.com/watch?v=qYkDDT9bOwI

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031