त्रिशूली श्रावण २७, काठमाडौ बाट रसुवाका लागि छुटेको बा२ख ६३७८ नम्बरको यात्रुबाहक बस आज बिहान नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको जिल्ला अस्पताललगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सडकबाट चार मिटर तल खसेर भएको दुर्घटनाको कारण भने खुलेको छैन ।