काठमाडौ भाद्र ५, प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको नेपाली काँग्रेसको पदाधिकारी, सरकारमा सहभागी मन्त्री र संवैधानिक राजनीतिक संवाद सहमति समितिमा काँग्रेसका तर्फबाट प्रतिनिधीत्व गदै गरेका सभासद्को संयुक्त बैठकले निर्धारित समयमै संविधान निर्माणका लागि सरोकारवालासँग दुई पक्षीय र बहुपक्षीय छलफल र वार्तालाई तिव्रता दिने भएको छ ।
बैठकमा संविधान निर्माणका विवादित र अन्र्तवस्तु खासगरी सङ्घीयता, शासकीय स्वरूप, समावेसीकरणका मुद्दालाई पार्टीको घोषणापत्रमा समावेश गरिएअनुरूप कसरी अघि बढाउने भन्नेबारेमा पनि विमर्श भई आन्तरिक छलफललाई निरन्तरता दिने सहमति भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीलाइ उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ। त्यस्तै नेता केसीले संविधान निर्माण लगायतका अन्य विषयगत प्रसङगमा थप छलफलका लागि चाँडै अर्को बैठक बस्ने निर्णय भएको जनकार दिनु भएको छ ।