शनिबार, फाल्गुन १२, २०८०

दुर्घटनामा एक महिलाको मृत्यु, सल्लाघारीमा तनाव

भक्तपुर भाद्र ३, भक्तपुरको सल्लाघारीमा बनेपाबाट काठमाडाँैतर्फ जाँदै गरेको यात्रुबाहक बसले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार bhaktapur-300x105एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर अगाडि नै अत्यधिक तीव्रगतिमा आएको बा१ख ९२८१ नम्बरको बसले बा५७प ७७७९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार झापा घर भई कौशल्टार बस्ने वर्ष ३७ की विन्दु राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव क्षतविक्षत भएको छ भने दुर्घटना भएलगत्तै सल्लाघारी क्षेत्र तनावग्रस्त बनेको छ । बस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयवासीले बस तोडफोड गरी बसमा आगो लगाइदिएका छन् । आगो लगाइदिएलगत्तै प्रहरीले लाठी प्रहार गरेर आक्रोशित समूहलाई तितरबितर पारेको थियो र बसमा लगाएको आगो नियन्त्रणमा लिएर बसलाई प्रहरी परिसर भक्तपुर लगेको थियो