मङ्लबार, मंसिर १२, २०८०
Dashain

दिवङगत आफन्तजनको स्मरणमा आज काठमाडौं उपत्यका लगायत मोफसलमा समेत गाईजात्रा पर्व मनाइदै

काठमाडौं श्रावण २६, जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । भाद्रकृष्ण 1005383_516042995133344_387077685_n 207797_516042951800015_2102719547_n 563424_516042508466726_1363999958_nप्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिइन्छ । यो पर्व विशेष गरि काठमाडौं उपत्यकामा लगायत मोफसलमा समेत मनाउँने गरिन्छ ।

गायजात्रा पर्वको विषयमा भन्नु पर्दा दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रूपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाउँने गर्दछ । त्यस्तै पर्वसङग जोडिएको एक विशेष प्रमाणिक आधार धेरै भए पनि गाइजात्रा भन्ने वित्तिकै तत्कालीन मल्ल राजा प्रताप मल्लसँग जोडिएको पाइन्छ ।
भनाइको आशय त्यसवेला  राजा प्रताप मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि यस्तो शोक तिमीलाई मात्र परेको होइन भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत आत्माको सस्मरणमा गाईजात्रा निकाल्न लगाए र यसरी निकालिएको गाइजात्रा देखेपछि रानीको शोक केही घट्दै गयो भन्ने जनश्रुती रहेको पाइन्छ । यो जात्रालाइ राजा प्ताप मल्लले जारी गरेको उर्दी अनुरुप हनुमानढोका राजदरबार अगाडिबाट लैजान भने पछि शहरमा दिवङगत भएका आफन्त जनको सम्झनामा यहाँका मानिसले उर्दी अनुरुपनै गाईजात्रा दरवार परिसबाट लैजाने गरेको बताइन्छ । जुन प्रचलन यद्यपी कायम रहेको बुझिएको छ