आइतवार, जेष्ठ १४, २०८०

कानुनसङगत कार्य सम्पादन गर्न सचिवहरुलाइ प्रम कोइरालाको निर्देशन

काठमाडौ भाद्र ५, प्रधानमन्त्री सुशील कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरूलाई स्पष्ट निर्देशन दिनुभएको छ । बुधवार सिंहदरबारस्थित आफ्नो कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै उहाँले मुलुकको समद्धिका लागि कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि बनेर होइन स्वतन्त्र भएर जनताका पक्षमा काम गर्नुपर्ने भन्दै सचिवहरुलाइ सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा परिवर्तन गर्ने परिपाटीलाई हटाउनुपर्ने सुझाव दिनु भएको थियो ।

त्यस्तै प्रम केइरालाले भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्दैआएका काय सम्पादनको खुलेर सराहना गर्दै कसैको दबाबमा नपरी आफ्नो विवेक र कानुनसङगत कार्य सम्पादननै मुलुकको समृद्धि पहिचानको प्रारम्भिक विन्दु भएको बताउँनु भएको थियो ।  त्यस्तै निर्देशन दिने क्रममा प्रम कोइरालाले सरकारी निकायमा बिल बढाएर अनियमितता गर्ने प्रवृति निकै फस्टाएको गुनासो गर्दै सचिवहरूलाई त्यसतर्फ सचेत भई कडा अनुगमन गर्न आग्रह सहित सुशासनका लागि छिटो छरिटो कार्य सम्पादन गर्ने तर्फ विशेष जोड दिनु भएको थियो ।

निर्देशनका दौरानमा निकै भावुक हुनुभएका प्रधानमन्त्री कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान आउने ठोकुवा गर्दै संविधान निर्माण अघि राष्ट्रपतिलाई अनुमोदन गर्दा संवैधानिक कानुनको अपमान हुने भन्दै उहाँले सरकार निर्माणका बेला भएको दलीयसमझदारीप्रति आफू पूर्ण प्रतिबद्ध भएको जानकारी गराउदैसरकार परिवर्तनको बेतुकको हल्ला पछाडी नलाग्न र निधारित मितिमा संविधान जारी गर्न आफ्नो तह र तप्का बाट हुन सक्ने सहयोग सहितको वातावरण बनाउँन निदेशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031