शनिबार, अशोज १३, २०८०

तोकिएकै समयमा संविधान र सहमतिको आधार खोज्न काँग्रेस पदाधिकारीको बैठक

काठमाडौ भाद्र ३, नेपाली काँग्रेसले तोकिएकै समयमा संविधान बनाउन संविधानका विवादित विषयमा पार्टीको अडानसहित सहमतिको आधार nepali-congress-flagखोज्न पदाधिकारी, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पार्टीका तर्फबाट सहभागी सभासद एवम् मन्त्रीहरूसहितको सहभागितामा पार्टीभित्र आन्तरिक छलफल सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सङ्घीयता, शासकीयस्वरुप, न्याय प्रणालीसहितका विषयमा पार्टीले यसअघि प्रस्तुत गरेको तथा चुनावमा पार्टीले घोषणापत्रमा राखेको अवधारणाका आधारमा अघि बढ्नेबारेमा पार्टीभित्र छलफल सुरु भएको पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पत्रकारलाई जानकरी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता बडूले बैठकमा मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालयजस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई नै आधार बनाएर काँग्रेस सहमतिका लागि अघि बढ्ने बारेमा छलफल भएको बताउँदै देशका विभिन्न भागमा अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै त्यसमा राहत, उद्धार र पुनःस्थापनाका कामलाई तीव्रताका साथ अघि बढाउन सरकार र पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेको छ । साथै, पार्टीले खडा गरेको केन्द्रीय राहत कोषमा आ–आफ्नो ठाउँबाट आर्थिक सहयोग पु¥याउन पनि आह्वान गरेको बताउँनु भएको छ ।