काठमाडौं भाद्र ५, राजनैतिक अधिकर सहितको ट्रेड युनियन अधिकार सङघीयतामा अधिकार सम्पन्न सम्बैधानिक स्थानीय सरकार भन्ने मर्मलाइ आत्मासात गर्दै क्रियाशील स्थानीय निकाय कर्मचारी सङघ नेपाल अतिरिक्त क्रियाकलाप विभाग
द्दारा महिलाहरुको आसन्न तीज पर्वको अवसरमा आज राजधानीमा अन्तर पेशागत सङगठन तीज गीत प्रतियोगिताको आयोजना गरेका छन ।
पर्वको नाममा बढ्दो विकृतिलाई गीतसङगीतको माध्यमबाट केहिहद सम्म भए पनि न्यूनिकरण गर्ने लक्ष्यले आयोजना गरेको उक्त प्रतियोगीतामा विभिन्न १० वटा पेशागत सङगठनको सहभागीता रहेको थियो ।
संस्कृतविद डा. जिवेन्द्र गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा वरिष्ठ सङगीत साधक सुदेश शर्मा, प्रा विन्दु शर्मा, भारती उपाध्याय रहनु भएको थियो । प्रस्तुत साङगेतीक प्रतियोगितामा नेपालइन्जीनियरिङग पेशागत सङगठन र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले सान्त्वना पुरस्कार त्यस्तै गरि रुपन्तरणका लागि वनले तेस्रो, सार्वजनिक कर्मचारी सङघले दोस्रो स्थानीय निकाय कर्मचारी सङघले बढ्दो विकृति विरुद्धको आवाज घन्काउँदै पहिलो पुरस्कार जित्न सफल भएका थिए ।