मङ्लबार, अशोज १६, २०८०

डीआईजी बढुवा प्रकरण विरुद्ध सर्वोच्चमा थप तीन वटा रिट दायर

काठमाडौ भाद्र ३, सरकारले गत विहीवार मन्त्री परिषदको बैठकबाट ७ जनाको दरबन्दीमा ९ जना डीआईजी लाइ एआईजी बढुवा गदा विद्यमान ऐन supreme-court-nepalनियमको ठाडो उलङघन गर्दै रोकक्रममा आफूहरूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै थप तीन जना डीआईजी सर्वोच्च अदालत गएका छन् ।

सरकारको निर्णय गैरकानुनी भएकाले उत्प्रेषणको आदेशबाट बदर गरी कानुनबमोजिम कार्यक्षमताका आधारमा दिइने अङ्क प्रदान गरेर बढुवा सिफारिस गर्न परमादेशलगायत आदेश जारी गर्न र हाल बढुवा भएकाहरूलाई काम गर्न नदिन माग गर्दै डीआईजीत्रय परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराजसिंह शाहीले छुट्टाछुट्टै रिट निवेदन निवेदन दर्ता गराएका छन ।

निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, बढुवा समिति, लोकसेवा आयोगलगायतका निकायलाई विपक्षी बनाइएको छ ।सरकारले यस अघि राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, केदारप्रकाश साउद, गणेशराज राई र नारायण बस्ताकोटीलाई बढुवा गरेपछि गत शुक्रबार बढुवामा नपर्नुभएका यादव अधिकारीले दर्ता गराएको रित समेत सर्वोच्चमा डीआईजी बढुवा प्रकरणमा चार वटा रित निवेदन दर्ता भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031