काठमाडौं भाद्र १३, सरकारले ढुंगा, गिट्टीको निकासीमा प्रतिबन्ध लगाएपछि निर्माण सामग्रीको सहज आपूर्तिको माग गर्दै आन्दोलित नेपाल ट्रक तथा टिपर यातायात व्यवसायी महासंघले आज ट्रक तथा टिपर तिनकुनेस्थित सडकमै तेर्स्याएर कोटेश्वर-बानेश्वर र कोटेश्वरबाट गौशाला तर्फ जाने
सडक अवरुद्ध गरेको छ । बिहान ९ बजेदेखि यातायात ठप्प भएपछि कोटेश्वर क्षेत्रको ट्राफिक अस्तव्यवस्त भएको छ ।
बानेश्वर प्रहरीका आषाढ व्यवसायीले ट्रक र टिपर सडकमै तेस्र्यार हिडेपछि सडक अवरुद्ध भएको र अवरुद्ध सडक खलाउँन प्रहरीले र्याकरको प्रयाग गर्दै ट्रकरटिपर हटाउने प्रयास भइरहेको बताएपनि उक्त प्रयास सफल हुन सकेको छैन । १२ बजेसम्म सडक खुलाउन सिकएको छैन् । सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती भएको छ । तीनकुनेको अवरोधले भक्तपुरको लोकन्थलीदेखि नै जाम लागेको छ । तिनकुनेबाट तीन तीर जाने सडकमा ५० भन्दा बढी टिपर सडकमा तेर्स्याइएको छ । यस वीचमा आन्दोलनकारी मजदुर र प्रहरीबीच झडप समेत भएको छ । प्रहरीमाथि तीनकुने चौरमा बसेका आन्दोलनकारी मजदुरले ढुंगा हानेपछि प्रहरीले उनीहरुको पाल समेत हटाएको छ । साथै कतिपय मजदुरलाई नियन्त्रणमा समेत लिएको छ । आन्दोलनकारी बसेको स्थानमा प्रहरी पुगेपछि उनीहरुमा भागा भाग भएको छ ।