मङ्लबार, जेष्ठ २३, २०८०

चरी घटनाको छानबिनका लागि एमाले अध्यक्ष् ओलीले सरकारसँग माग गर्ने

चरी हत्या गैरन्यायिक भएको भन्दै सभासदहरुद्दारा आपत्ति

काठमाडौँ श्रावण २२, व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै विपक्षी दलका मात्र नभई सत्ता साझेदार दल नेकपा ९एमाले०का kp oli_20140715064012सांसदले बुधबार राजधानीको भीमढुङ्गामा धादिङका दिनेश अधिकारीे मारिएको घटनालाई गैरन्यायिक भन्दै त्यसको निन्दा गर्नुभयो ।
आपराधिक गतिविधिमा संलग्न भई फरार रहेका भनिएका अधिकारी प्रहरीसँगको भिडन्तमा मारिएका भन्ने विवरण सञ्चारमाध्यमबाट सार्वजनिक भए पनि त्यो गैरन्यायिक हत्या हो भन्दै उहाँहरूले प्रहरी सुरक्षाकर्मीबाट भएको कानुन बर्खिलापको उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

प्रहरी सुरक्षाकर्मीबाट मानवअधिकार उल्लङ्घन भएको, विद्यमान कानुनले अपराधीलाई नियन्त्रणमा लिने, अदालतमा पेस गर्नेलगायत अधिकार प्रत्याभूत गरेको तर मार्ने अधिकार नदिएको जिकिर गर्दै अधिकारीे दोहोरो भिडन्तमा मारिएका मान्न आफुहरू तयार नरहेको भन्दै उहाँहरूले घटनामा संलग्न प्रहरी अधिकृतलाई कारबाहीको माग गर्नुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले अधिकारी मृत्यु प्रकरणमा घटनास्थलका बासिन्दा र प्रहरी अधिकारीबाट सार्वजनिक भएका भनाइमा विरोधाभास रहेको, भिडन्त भएको भनिएको स्थानमा एक थोपा पनि रगत नदेखिएकाले शङ्का गर्ने आधार धेरै छन् भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । अर्का सांसद गुरुप्रसाद बुर्लाकोटीले प्रहरीले अधिकारीकोे गैर न्यायिक हत्या गरेका आरोप लगाउँदै घटनाको छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मृतक अधिकारी राजनीतिक कार्यकर्ता वा अपराधी के हुन् भन्ने प्रस्ट हुनुपर्ने विचार व्यक्त गर्दै मान्छे मार्ने अधिकार प्रहरीलाई नभएको बताउनुभएको थियो ।

यसैवीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीतापाइला–भीमढुङ्गामा बुधबार प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका दिनेश अधिकारीको घटनाको प्रकृति हेर्दा सुनियोजित जस्तो देखिएको बताउँदै उहाँले चरी घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्ने बताएका छन । एमाले मुख्यालयमा आज धादिङका सभासद् गुरुप्रसाद बुर्लाकोटी, राजेन्द्रप्रसाद पाण्डे, गङ्गालाल तुलाधर र हरिबहादुर घले, एमाले धादिङका कावा अध्यक्ष भूमि त्रिपाठीसहितको टोलीसँगको छलपल पछि यस्तो अभिव्यक्ति दिनु भएको बझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031