काठमाडौ श्रावण २८, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल विद्यार्थी सङ्घ काठमाडौँ ३ नं क्षेत्रीय समितिको ११औँ अधिवेशनको आज जोरपाटीमा उद्घाटन गर्दै लोकतन्त्र, मानव अधिकार, र प्रेस स्वतन्त्रताका विषयमा कसैसित पनि सम्झौता नगरिकन काँग्रेसको नेतृत्वमा माघ ८ गतेभित्र संविधान जारी गर्नका लागि पार्टी क्रियाशील रहेकोे बताउनुभएको छ । त्यस्तै नेता केसीले एक सय २५ जातजाति र १२३ भाषाभाषी भएको देशमा कुनै पनि जात विशेषको एकल जातीय राज्य हुन नसक्नेमा काँग्रेसको प्रष्ट धारणा रहेको भन्दै जतयि राज्यमा काँग्रेस नलाग्ने बताउँनु भएको छ ।
त्यस्तै नेता केसीले एक सय २५ जातजाति र १२३ भाषाभाषी भएको देशमा कुनै पनि जात विशेषको एकल जातीय राज्य हुन नसक्नेमा काँग्रेसको प्रष्ट धारणा रहेको भन्दै जतयि राज्यमा काँग्रेस नलाग्ने बताउँनु भएको छ । कायक्रममा नेविसङ्घ ३ नं क्षेत्रीय सभापति राजेश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सभासद् चक्रबहादुर ठकुरी ,काँग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष चालिसे, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु अधिकारी, नेविसङ्घका केन्द्रीय सदस्य लीलावल्लभ दाहाल, नेविसङ्घ काठमाडौं अध्यक्ष विजयगोपाल श्रेष्ठ लगायतका , वक्ताले नेविसङ्घभित्रको गुटउपगुटको अन्य गरी तोकिएको समयमा महाधिवेशन सम्पन्न गरेर संस्थागत रुप दिनुपर्नेमा जोड दिनुभएको थियो ।