भक्तपुर श्रावण ३१ ,महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानीय कमलविनायकबाट एक थान अत्याधुनिक ईटालीयन पेस्तोलसहित पक्राउ परेका दुई जना अपराधीलाइ सावजनिक गरेको छ ।
परिसरले आज गरेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका देइ अपराधीहरु मध्य एकजना रौतहट चन्द्र निगाहापुर–१ घरभई हाल काठमाडौँ चाबहिल बस्ने वर्ष ३७ को बाबुराम राई र निजलाइ ईटालीयन पेस्तोल उपलब्ध गराउँने रौतहट सन्तपुर गाविस–६ घरभई हाल काठमाडौँ सीनामगङ्ल बस्ने रमेश गोले रहेको जनाएको छ ।
प्रहरीका अनुसार ठूलै अपराध गर्ने योजनासहित कमलविनायक क्षेत्रमा हतियारधारी समूह रहेको भन्ने विशेक्ष् सूचनाको आधारमा परिसरका प्रहरी सहायक निरीक्षक अम्मरबहादुर कुँवरको नेतृत्वमा गएको टोलीले नेपाली सेनाका पूर्व जवानसमेत रहेका राईलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै गरि प्रहरीले अनुसन्धानका क्रममा राईलाई पेस्तोल दिने रौतहट सन्तपुर गाविस–६ घरभई हाल काठमाडौँ सीनामगङ्ल बस्ने रमेश गोलेलाई समेत पक्राउ गरि सार्वजनिक गरेको हो ।