शनिबार, अशोज ६, २०८०

इबोला भाइरस सङ्क्रमण रोकथामका लागि मन्त्रालयले पूर्व तयारीका रणनीति अख्तियार गरिसकेको छ : स्वास्थ्य  मन्त्री अधिकारी

काठमाडौ श्रावण २८, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इबोला भाइरस सङ्क्रमण रोकथामका लागि पूर्व तयारी रणनीति तयार गरेको जनाएको छ । इबोला भाइरस (इबोला हेमोरेजिक फिभर) नामको सो भाइरस विश्वव्यापि रुपमा फैलिँदै गएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन घोषणा गरेको हुँदा मन्त्रालयले पूर्व तयारी रणनीति तयार गरेको बताउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले प्रस्तुत इबोला भाइरस नियन्त्रणका अन्र्तगत नेपाल भित्रिने हवाई तथा पैदल मार्गका नाका सबैमा विशेषज्ञ टोलीसहित स्वास्थ्य परीक्षण टोली रहने, यसका शङ्कास्पद बिरामीलाई उपचार गर्न वीर र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा आवश्यक व्यवस्था गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले यसको अलावा भाइरसबाट बच्ने उपायका बारेमा विभिन्न जनचेतनाका कार्यक्रम ल्याउने मन्त्री अधिकारीले जानकारी दिदै रोग रोकथाम गर्न मन्त्रालय सक्षम रहेको बताउँनु भएको छ । त्यस्तै गरी अन्तर्राष्ट्रिय विमानस्थलमा इबोला भाइरसका शङ्कास्पद परीक्षण गर्न केही दिनभित्रमा स्वास्थ्य परीक्षण सुरु गरिने र भारतबाट नेपाल भित्रिने पैदल मार्गमा स्थानीय जनस्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण गर्न निर्देशन जारी भइसकेको पनि बताउँन भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031