मङ्लबार, जेष्ठ २३, २०८०

आयोजना प्रमुख अधिकारी र इन्जिनियर श्रेष्ठविरुद्ध मुद्दा दायर

काठमाडौँ श्रावण २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास भवन निर्माण विभाग विशेष भौतिक तथा पूर्वाधार क्षेत्र आयोजनाका akthar3प्रमुख र इन्जिनियरविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौँ महाँकाल क्षेत्रको जगन्नाथ तथा लोकेश्वर मन्दिर परिसर निर्माण तथा सुधार कार्यको अन्तिम भुक्तानीको सिलसिलामा आयोजना प्रमुख कोमानन्द अधिकारी र सोही कार्यालयका इन्जिनियर दीपा श्रेष्ठले घुस लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।
उनीहरूले सेवाग्राहीबाट रु ४० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले थलोमा नै पक्राउ परेका थिए । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम हदैसम्मको कारबाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031