शुक्रबार, अशोज ५, २०८०

आफुहरुलाई पाखा लगाएर संविधान निर्माण गरिए मुलुकका लागि प्रतिउत्पादक हुने नेकपा माओवादीको चेतावनी

काठमाडौं  भाद्र ३, नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले अफुहरुलाई पाखा लगाएर संविधान निर्माण गरिए त्यो संविधान नमान्ने र त्यो अवस्था mohan_baidhyaमुलुकका लागि प्रतिउत्पादक हुने चेतावनी दिएका छन् ।

सहिद रामबृक्ष यादवको २०औं स्मृति दिवस अवसरमा जिल्ला समितिले सोमवार आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो चेतावनी सहितको अभिव्यक्ति दिएको हो । त्यस्तै मुलुकमा यस्तो स्थिती सिर्जना नहोस भन्ने पक्षमा आफुहरु रहेको तर राज्य सत्ताले यो वा त्यो बहानामा निषेधको खेख खेल्दै गरेको भन्दै अध्यक्ष वैद्यले १० वर्षे जनयुद्धको भावनासँग खेलवाड नगर्न भनेका छन । कार्यक्रममा  माओवादी महासचिव रामबहादुर थापाले माओवादीहरु शान्ति प्रकृयामा आएयताको सात वर्षमा राज्य झन् कमजोर भएको आरोप लगाए । सचिव नेत्रविक्रम चन्दले राज्यको व्यवहारमा परिवर्तन नआए पुनः अर्को संघर्षमा जाने चेतावनी दिएकादिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ  ।

मास्टरसाहेवको नामले चिनिने रामबृक्ष यादवलाई २०५१ भदौ २ गते जनकपुरबाट पैतृक गाउँ बरमझिया फर्किँदै गरेको बेला तत्कालीन सुरक्षाफौजले गाउँनजिककै कमला नहरमा हत्या गरेका थिए ।