
काठमाडौ भाद्र १३, आज गणेश चतुर्थी अर्थात भगवान् गणेशको जन्म भएको दिनका सम्झनामा यो पर्व मनाइन्छ । त्यस्तै आजका दिन उपत्यकाका नेवार समुदायले श्रीगणेशको पूजा गरी चथाः पर्व मनाएका छन् ।
आजको दिन बेलुकी चन्द्रमाको आराधना गरी धुमधामका साथ पूजा गर्ने प्रचलन रहेको छ । आजको दिन चन्द्रमाको पूजा गरे वर्ष भरी चोर दोषबाट मुक्त हुने जनविश्वास रहेको पाइन्छ । पूजा गर्ने क्रममा सूर्यास्त हुने समयमा र सा“झ चन्द्रमा देखिएपछि कमलको पातमा अनार, बिमिरा, बोटसहितको अदुवा, नासपाती, काँक्रो, भुटेको मकै, भटमास, गहुँ, चना, केराउलगायतका गेडागुडी राखेर पूजा गर्ने गरिन्छ तर चन्द्रमालाई पूजा गर्दा हेर्न हुँदैन भन्ने जनश्रुति पनि पाइन्छ । राति चन्द्रमालाई हेरेमा अनाहकमा चोर दोष लान्छ भन्ने जनविश्वाससमेत पाइन्छ ।