शनिबार, अशोज ६, २०८०

आज ऋषिपञ्चमी पर्व, रजस्वला भएका बेलामा छोइछाइ भएको पाप मोचनको लागि सप्तऋषिको पूजागरि मनाइदै

काठमाडौ भाद्र १४, आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा गरी हिन्दू धर्मावलम्बी नारीहरूले राजधानीको टेकुको ऋषेश्वर मन्दिरलगायत मुलुकभरका  मन्दिरमा पूजाआजाका गरि मनाउँदैछ ।  यस क्रममा टेकुको ऋषेश्वर मन्दिरलगायत देशभरका ऋषि मन्दिरमा DSC055971महिला भक्तजनको घुईंचो लागेको छ ।

त्यस्तै आजका दिन महिलाको रजस्वलासित जोडिएको प्रसङग पनि विशेष रुपमा जोडिएको छ । प्रस्तुत प्रसङग अनरुप रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने भन्ने धार्मीक मान्यता अनरुप र छोइछाइ भएको पाप मोचनको लागि नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरि सरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ यसरी  आजका दिन ऋषिपञ्चमीको पूजा लगाउने भएकाले ऋषि पञ्चमी भनिएको हो ।आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाने चलन छ । 

  यस विषयमा धार्मीक दस्तावेजहरुमा उल्ल्ेख प्रसङग यस्तो रहेको छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुप-यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो । यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहिआएको आध्यात्मिक पुस्तक लेखकहरुको अभिमत रहेको छ ।  रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031