शुक्रबार, अशोज ५, २०८०

आजबाट बिपी विचार यात्रा सुरु, यात्रामा काँग्रेसका वरिष्ठ नेताहरू सहभागी

विराटनगर, भाद्र १, जननायक बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज देखि ‘बिपी bpविचार यात्राको’ विधिवत् शुभारम्भ गरेको छ । यात्राको शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गदै काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका विचारक बिपी देशकै महान् सपूत भएको बताउँदै नयाँ संविधानमा पहाड, मधेस, तराई, हिमाल, महिला, आदिवासी जनजाति र मधेसीलगायत सबैको भावना समेटिने विश्वास व्यक्त गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यस्तै पार्टी उपसभापति रामचन्द्र पौडेलले नेपाली जनताको सामाजिक सद्भाव र राष्ट्रलाई अक्षुण्ण राख्न बिपीको महान् विचारलाई जनताको बीचमा पु-याउन विचार यात्रा थालिएको बताउँनु भएको थिये भने महामन्त्री कृष्णप्रसाद सिटौलाले बिपीको विचार आज नेपाली काँग्रेसमा मात्रै सीमित नरही सबै पार्टीका लागि अनुकरणीय भएको उल्लेख गर्नुभएको थियो ।

bcआजबाट भाद्र २४ गते सम्म जारी रहने विचार यात्रा केन्द्रीय कारागारमा पुगेर समापन हुने बताइएको उक्त कार्यक्रम मोरङग काँग्रेसका सभापति अध्यक्ष अमृत अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031