शनिबार, जेष्ठ २७, २०८०

असहमतिका बुँदामा सहमतिका लागि दलगत स्वार्थभन्दा माथि उठ्नुपर्छ : डा भट्टराई

काठमाडौँ श्रावण १६, संविधानसभाको संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराईले विगतमा भएका असहमतिका बुँदालाई सहमतिमा baburam-bhattaraiल्याउन अब धेरै समय नलाग्ने बताउनुभएको छ । समितिले आज संविधानसभा परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति डा भट्टराईले सहमतिका लागि थोरै तर महत्वपूर्ण विषय बाँकी रहेको जनाउँदै सहमतिका लागि राजनीतिक पार्टीले दलगत स्वार्थभन्दा माथि उठेर विश्वासको वातावरण तयार गर्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै   आगामी भदौको तेस्रो साताभित्र सबै विषयमा सहमति गरेर संविधानसभामा पठाउने कार्यादेश प्राप्त भएकाले सोहीअनुसार सहमति जुटाउन अन्य दलसँग सामूहिक र अलग अलग छलफल भएको जानकारी दिनुभएको छ ।

त्यस्तै    डा भट्टराईका अनुसार हालसम्म दुई सदनात्मक व्यवस्था, प्रादेशिक व्यवस्थापिका, संविधान जारी भई अर्को निर्वाचन नभएसम्म राष्ट्रपति र उपराष्ट्रतिलाई निरन्तरता दिने र कारणवशः रिक्त भएमा निर्वाचन गर्ने, तल्लो सदनका रुपमा प्रतिनिधिसभा रहने, १८ वर्ष उमेर पुगेका व्यक्तिले निर्वाचनमा भाग लिन पाउनेजस्ता विषयमा सहमति भइसकेको बताउँनु भएको छ ।

संविधानसभाभन्दा बाहिर रहेका सशस्त्र समूहसहितका केही दलसँग हालै इलाममा भएको वार्ता र उनीहरुले प्रस्तुत गरेका विषयवस्तुबारे विवाद समाधन उपसमितिमा छलफलका लागि पेस गरिने जानकारी पनि डा भट्टराईले दिनुभयो । आगामी दिनमा तराईमा रहेका अन्य दल र समूहसँग पनि वार्ता र छलफल गरिने भन्दै उहाँले नेकपा–माओवादीसँग भने उच्चस्तरीय राजनीतिक तहबाट छलफल प्रक्रिया अघि बढाइनेछ बताउनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031