बुधबार, असार २२, २०७९

अन्तर्राष्ट्रियस्तरका पदक जित्न खेलाडीको दक्षता अभिवद्धि गर्नुपर्छ :वरिष्ठ नेता देउवा

काठमाडौ भाद्र ४, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमका वीच नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै खेलकुद क्षेत्रको समयानुकल विकासका एवम् खेलाडीको दक्षता अभिवद्धिका लागि आवश्यक बजेट  विनियोजनमा कन्ज्युसाइ गर्न नहुने बताउँनु भएको छ । त्यस्तै उहाँले कुनै विद्यामा सहभागी खेलाडीको दक्षता अभिवृद्धि गन सकेमात्र नेपालले अन्तर्राष्ट्रियस्तरमा बढी भन्दा बढी पदक जित्न सकिने धारणा अभिव्यक्त गर्नु भएको थियो । कार्यक्रममा काँग्रेस खेलकुद विभागका प्रमुख एवम् केन्द्रीय सदस्य धनराज गुरुङले खेल क्षेत्र अस्वस्थ राजनीतिको मैदान भएकाले खेलकुद परिषद्भित्र भएका विकृतिलाइ पाखा लगाउँन लोकतान्त्रिक खेलकुद सङ्घले आवश्यक भूमिका निवाह गनु नितान्त आवश्यक भएको बताउँनु भएको थियो ।  त्यस्तै गरि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला शिक्षा मन्त्री चित्रलेखा यादव केन्द्रीय सदस्य बलबहादुर केसीले अर्का केन्द्रीय सदस्य गगन थापा लगायतले मुलुकको खेलकुद जगत र लोकतान्त्रिक खेलकुद सङ्घले निर्वाह गनु पर्ने भूमिकाका सम्बन्धमा बोल्नु भएको उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा विशिष्ट योगदान पु¥याएका खेलाडीलाई सम्मान गरिएको थियो  ।   साथै कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचनलाई खेलकुद विभागका प्रमुख गुरुङले र सङ्घका अध्यक्ष शेरचनले केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031