काठमाडौं भाद्र १४, अज्ञात समूहको गोली प्रहारबाट आज बिहान सर्लाही जिल्लाको नोकेल्बा गाविसमा आज गएराती अज्ञात समूहको गोली प्रहारबाट अमृतादेवी महतोको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार गएराती करिब २ बजे आफ्नैकोठामा सुतिरहेको अवस्थामा झ्यालबाट अमृतामाथि गोली प्रहार भएको हो । उक्त गोलीले महतोको दाहिनेपट्टि छाती छेदन गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान एवम् गोली प्रहार गर्नेको खोजीगरिरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।