बुधबार, माघ १८, २०७९

यो समस्याको उपचार कति सम्भव छ ?

काठमाडौं श्रावण ९,

म २६ वर्षीय विवाहित युवा हुँ। मेरो विवाह भएको चार वर्ष भैसकेको छ। मेरी श्रीमती २४ वर्षकी भइन्, तर उनको अहिलेसम्म एकपटक पनि महिनावारी भएको छैन। उनको योनिको प्वाल पनि एकदमै सानो छ। हामीबीच यौनसम्पर्क हुँदैन र मैले यौनसन्तुष्टि पनि प्राप्त गर्न सकेको छैन। यो समस्याको उपचार कति सम्भव छ रु कि हामीले सधैंभरि यसरी नै बस्नुपर्छ?

टी. 

भगक्षेत्रमा दुईवटा द्वार ९प्वाल० हुन्छन्। त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ, त्यसको मुनितिरको अर्को अलि ठूलो प्वाललाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको विचतिर हुन्छ। त्यही भित्रतिरको नलीलाई हामी योनि वा योनिमार्ग भन्छौं। योनि मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इन्च लामो मार्ग हो। सामान्य Sex_33अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छद भनिन्छ। योनिमार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ।

लचिलो तन्किन सक्ने तन्तुले बनेकाले यसले तुलनात्मक रूपमा केही मोटो लिङ्गलाई पनि सजिलै ग्रहण गर्न सक्छ। कसैकसैको योनिको मांसपेशीमा संकुचन आउँछ र योनि खुल्दैन अनि यौनसम्पर्क गर्न नसकिने हुन्छ। यस किसिमको अवस्थालाई Vaginismus भनिन्छ। धेरैजसो अवस्थामा भयातुर वा डर नै यसको कारण हुन्छ। मानसिक समस्याले कसरी यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ, यकिनका साथ भन्न गाह्रो छ तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रूपमा पीडादायक भएको स्थितिमा लामो समयसम्म त्यसको असर रहन सक्छ। तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव कस्तो रह्यो, केही लेख्नुभएको छैन। कुनै डर वा भय छ भने पत्ता लगाई हटाउनु आवश्यक छ। योनिच्छद निकै बाक्लो भएर त्यसको प्वाल सानो छ भने पनि तपाईंले भनेजस्तो समस्या देखा पर्न सक्छ। तपाईंले औंला पसाउन सकिन्छ-सकिँदैन, केही लेख्नुभएको छैन। त्यसका साथै योनिको गहिराइ नाप्ने प्रयास गर्नुभएको वा नाप्नुभएको भए त्यसका बारेमा लेख्नुभएको भए पनि जवाफ दिन सजिलो हुने थियो। सुख्खा हुँदा पनि योनि सानो भएजस्तो लाग्छ, तर त्यस्तो केही भएको बुझिँदैन। 

महिनावारी नै नहुने अनेक कारणका बारेमा कुरा गर्नुभन्दा पहिले महिनावारी कसरी हुन्छ भन्ने कुरा गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि तथा डिम्बाशयवाट निस्कने हार्मोनहरूले महिनावारीलाई सञ्चालन गर्छ। Hypothalamus बाट gonadotropin releasing hormone जसको प्रभावमा पिटयुटरी ग्रन्थिले follicular stimulating hormone (FSH) तथा luteinizing hormone (LH) निकाल्छ। 

FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ, तर पनि प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम भएको स्थितिमा पाठेघरको भित्री तह तुहिन्छ र ३ देखि ६ दिनसम्म महिनावारीको रगत बग्छ। त्यसपछि इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ अनि डिम्बाशयवाट डिम्बको निष्कासन हुन्छ। डिम्बाशयबाट डिम्ब निस्कने ठाउँ (corpus luteum)ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ । त्यसको प्रभावले पाठेघरको भित्री तह निसेंचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।

महिनावारी साधारणतया ११ देखि १३ वर्षको किशोरावस्थामा सुरु हुन्छ, तर यो ९ देखि १८ वर्षको बीचमा कुनै पनि बेला हुन सक्छ। सामान्यतः स्तनको विकास हुन थालेको एक वर्ष पछितिर महिनावारी सुरु हुन्छ। अन्य लक्षण नलेख्नुभए पनि तपाईंले श्रीमतीको महिनावारी नभएको कुरा गर्नुभएको छ। यो एकदम महत्त्वपूर्ण कुरा हो। एकपटक पनि महिनावारी नहुनुले केही गम्भीर कुराको संकेत गरेको हुन सक्छ। एकपटक पनि महिनावारी नहुनुले यो प्रणाली सुचारु रूपले सञ्चालन नभएको संकेत मिल्छ। 

किशोरावस्थामा हुने अन्य परिवर्तन भएर पनि १५ वर्षको भैसक्दा पनि एकपटक पनि महिनावारी नहुँदाको स्थितिलाई Primary Amenorrhoea भनिन्छ। यसका कारणका कुरा गर्दा पाठेघरको मुख बन्द हुनु, योनिच्छदमा प्वाल नै नहुनु, पाठेघर वा योनि नहुनु, योनिको बीचमा अर्को भित्ता (septum) हुनु मुख्य संचरनागत खराबी हुन्। उचित समयमा उचित मात्रामा हार्मोनहरूको निष्कासन नभएको हुन सक्छ। मस्तिष्कमा हुने खराबी वा डिम्बाशयले ठीक काम गर्न नसक्दा पनि यस्तो समस्या उत्पन्न हुन्छ। गम्भीर कुपोषण, दीर्घरोग, वंशाणुगत खराबी, पाठेघरको संक्रमण, अन्य जन्मजात खराबी वा टयुमरजस्ता कुराले पनि यस्तो स्थिति उत्पन्न गराएको हुनसक्छ। केही स्थितिमा कारण नै थाहा हुँदैन। 

तपाईंले महिनावारीमा मासिक रूपमा हुने लक्षण देखिएको छ कि छैन अर्थात् मासिक रूपमा पेट दुख्ने अनि श्रीमतीको पेट ठूलो हुँदै आएको कुरा लेख्नुभएको छैन। तपाईंकी श्रीमतीको हकमा पाठेघर वा योनि राम्रोसँग विकसित नभएको हुनसक्ने बलियो सम्भावना छ।  

अब के गर्ने ? 
समस्याको निदान भएपछि मात्र उपचारको कुरा गर्नु मनासिब होला। त्यसैले समस्याको कारणतर्फ नै ध्यान दिनु उचित हुन्छ। त्यसका लागि संरचनागत खराबी छ कि छैन भन्ने कुरा पत्ता लगाउन स्त्रीरोग विशेषज्ञसँग तपाईंकी श्रीमतीको जाँच गराउनुपर्ने हुन्छ। आवश्यक परे हार्मोनसम्बन्धी विशेषज्ञको सहायता पनि लिनुपर्ने हुन्छ। त्यसका लागि विभिन्न परीक्षण जस्तै पेट अर्थात् कटि प्रदेशको भिडियो एक्सरे, टाउकोको सिटी स्क्यान तथा एमआरआई, क्रोमोजोमको परीक्षण अनि विभिन्न हार्मोन परीक्षण गराउनुपर्छ। कान्तिपुर साप्ताहिक बाट

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु