काठमाडौंआषाढ २४, नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाद्वारा आज राजधानीमा एक कार्यक्रमका वीच सम्मान कार्यक्रमकमको आयोजना गरेका छन । उक्त कार्यक्रममा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू क्रमस हरि अधिकारी, रमेश तूफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह र किरण पोख्रेल, त्यस्तै गरी काठमाडौं जिल्लाका पूर्व अध्यक्षहरू क्रमस गोकर्ण अर्याल, सुरेन्द्र पाण्डे, नारायण अर्याल र लीलाराज खनाललाई सम्मान गर्नु भएको थियो ।