शुक्रबार, बैशाख ७, २०८१

सुपर आठको खेलमा फ्रान्स र कोलम्बियालाई पराजित गर्दै जर्मनी र ब्राजिल सेमिफाइनलमा

काठमाडौं आषाढ २१, विश्वकप फेटवलको २० अ‍ै संस्करण अन्र्तगत ब्राजिलमा जारी विश्वकप फुटबलको शुक्रवार राती भएको सुपर आठको खेलमा brazil-2014-world-cup-logo-03फ्रान्सलाई १–० ले पराजित गर्दै जर्मनी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीका लागि म्याट ह्युमेल्सले १२ औँ मिनेटमा एकमात्र निर्णायक  गोल गरेका थिए । त्यस्तै गएराती नै भएको अर्को खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरमा पराजित गर्दै विश्वकपको सेमिफाइनल प्रवेश गरेको  हो। खेलको क्रमम ब्राजिलका स्ट्राइकर नेइमार नराम्ररी घाइते भएको थियो । फलस्वरुप नेमारले अव जर्मनीसँगको खेलमाउनले खेल्न सक्ने वा नसक्ने भन्ने स्थिती आफैमा अन्येलमय बनेको स्थिती बनेको छ । यद्यपी हिजो खेलमा कोलम्बियाका लागि जेम्स रोड्रिगेजले इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरे । उनको जारी विश्वकपमा छैटौँ व्यक्तिगत गोल हो ।   विश्वकपको अर्को क्वाटरफाइनलमा आज राती अर्जेन्टिना र बेल्जियम तथा भोली बिहान नेदरल्याण्डस् र कोष्टारिकाबीचको खेल हुनेछ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु