शुक्रबार, चैत्र १६, २०८०

आजदेखि राजधानीको भृकुटीमण्डपमा नेकपा एमालेको नवौं महाधिवेशन सुरु हुँदै

कठमाडौं आाषाढ १९, नेकपा एमालेको नवौं महाधिवेशन आजदेखि राजधानी भृकुटीमण्डपमा  सुरु हुँदैछ । ‘शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे रोबोटबाट एमालेका अध्यक्ष झलनाथ खनालले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । यन्त्रजडित रोबोटमा जडान गरिएको पानसमा मेसिनबाटै बत्ती प्रज्वलन गर्दै महाधिवेशनको शुभारम्भ गरिने जानकारी यसअघि नै दिइएको छ ।

त्यस्तै महाधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय सभागृहबाट समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा दुईहजार तीन सय २५ सय प्रतिनिधि सहितका अन्य आमन्त्रित प्रतिनिधी तथा शुभ चिन्तकह त्यस्तै गरि विभिन्न राजनीतिक दलका प्रतिनिधिका सहभागिता रहेने एमालेले जनाएको छ । महाधिवेशनको केही बाँकी रहेको सानातिना तयारी गएराती सम्ममा पुरा हुने भन्दै महाधिवेशनसँग सम्बन्धित वैचारिक, साङ्गठनिक र व्यवस्थापकीय कार्य पूरा भएको बुधवार महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो ।

त्यस्तै गरि महाधिवेशनको भित्री सुरक्षा पार्टीका स्वयंसेवक र बाहिरी सुरक्षा राज्यका सुरक्षा निकायले गर्ने मूल व्यवस्थापन समितिले जनाएको छ । महाधिवेशनको प्रत्यक्ष गतिविध वेभसाइटमार्फत सार्वजनिक गरिने जानकारी दिईएको प्रस्तुत महाधिवेशन स्थलमा महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले स्वास्थ्य शिविर, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रमको पनि प्रवन्ध गरिएको जानकारी दिनु भएको छ ।

महाधिवेशनमा तीनवटा प्रतिवेदन क्रमस  अध्यक्ष खनालले राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक र विधान संशोधन प्रतिवेदन पेस गर्नुहुने बताइएको छ ।  शीर्ष नेताहरूले सहमति र एकताका आधारमा नेतृत्व चयन हुने तथा निर्वाचन भइहाले पनि पार्टी एकताबद्ध हुने  भनिएपनि महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व लिन वरिष्ठ नेता माधव नेपाल र  नेता केपी ओली समूह  चुनावी मैदानमा जोड र घटाउमा लागि परिरहेको अवस्था छ ।

साथै निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीका अनुसार यसपटक पनि विद्युतीय मतदान हुने र त्यसले करिव ११ घण्टामा मतदान गराइसक्ने तथा एक घण्टापछि परिणाम सार्वजनिक गर्ने तयारी रहेको बताउनुभएको छ ।