शुक्रबार, बैशाख १४, २०८१

सरकारलाई ३३ दलीय मोर्चाको खबरदारी

काठमाडौँ श्रावण ११,  ३३ दलीय राष्ट्रिय मोर्चाको आजको बैठकले राष्ट्र र राष्ट्रियता माथि ठेस पुग्ने कुनै पनि सन्धि–सम्झौता नगर्न सरकारलाई खबरदारी गरेको छ । नेकपा  माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठक पछि मोर्चाका संयोजक देव गुरुङद्वारा जारी विज्ञप्तिमा जलविद्युतको विकास र व्यापारको नाममा भारतीय कम्पनीहरूले नेपालको जलस्रोतमाथि एकाधिकार कायम गर्ने सहमति तथा ऊर्जा विकास सम्झौता नगर्न  सरकारलाई खबरदारी गर्ने निर्णय भएको जनाउँदै १९५० को सन्धिलगायत विगतमा भारतसँग गरिएका असमान सन्धि–सम्झौताहरूको खारेजी, नेपाल–भारत बीचको खुला सिमाना नियन्त्रण गर्न माग गरेको छ ।