शुक्रबार, बैशाख ७, २०८१

सरकारद्वारा रु छ खर्ब १८ अर्ब १० करोडको बजेट प्रस्तुत (वजेट वक्तव्यको पूर्णपाठ सहित)

काठमाडौँ आषाढ २९, नेपाल सरकारका अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७१/७२ का लागि रु छ खर्र्ब १८ अर्ब budget speech 2071-72_20140713125927001१० करोडको वार्षिक बजेट प्रस्तुत गरेको छ ।  व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गर्दै उहाँले बजेटमा विनियोजित रकममध्ये चालु खर्च रु तीन खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार अर्थात ६४.५ प्रतिशत, पूँजीगततर्फ रु एक खर्ब १६ अर्ब ७५ करोड ५० लाख ४२ हजार अर्थात १८.९ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब दुई अर्ब ३९ करोड ३७ लाख ६३ हजार अर्थात १६.६ प्रतिशत रहेको जानकारी बताउनुभएको छ।

उक्त खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १९.५ प्रतिशत र संशोधित अनुमानको तुलनामा ३७.४ प्रतिशतले बढी रहेको जानकारी पनि पदनु भएको थियो ।  त्यस्तै आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट रु चार खर्ब २२ अर्ब ९० करोड, साँवा फिर्ता प्राप्तिबाट रु एक अर्ब र वैदेशिक अनुदानबाट रु ७३ अर्ब ३८ करोड ५९ लाख २४ हजार व्यहोर्दा रु एक खर्ब २० अर्ब ८१ करोड ४० लाख ७६ हजार न्यून हुनेछ ।

सो न्यूनता पूर्ति गर्न वैदेशिक ऋणबाट रु ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार जुटाइने बजेटमा उल्लेख छ । राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा खुद रु ७१ अर्ब २८ करोड ५३ लाख छ हजार न्यून हुन जाने रकम पूर्ति गर्न रु ५२ अर्ब ७५ करोड आन्तरिक ऋणबाट र रु १८ अर्ब ५३ करोड ५३ लाख छ हजार चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने उल्लेख गर्नु भएको छ ।

वजेट वक्तव्यको पूर्ण पाठको लागि यहाँ क्ल्कि गर्नु होला ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु