बिहिबार, बैशाख १३, २०८१

सभासद्लाई रु पाँच करोड नदेउ : नागरिक समाज

काठमाडौँ आषाढ २९ , निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा सभासद्ले माग गर्दै आएको रु पाँच करोड मागप्रति नागरिक समाजका अगुवाहरुले विरोध जनाएका छन । विभिन्न पेसामा आबद्ध ति नागरिक समाजका अगुवाहरुले शान्तिका लागि साझा अभियान (कोक्याप)को सभासद्लाई रु पाँच करोड दिनुभन्दा जतिसक्दो चाँडो संविधान देओस् भन्ने माग गर्दै रत्नपार्कस्थित शान्तिवाटिकामा विरोधस्वरुप एक घण्टा धर्नाका छन ।

धर्नामा सहभागी मानवअधिकारकर्मी कपिल श्रेष्ठ, रण प्रसाईं, सुशील प्याकुरेल र गजाधर सुनार लगायतले विकासका नाममा रु पाँच करोड माग्नुभन्दा सभासद् पदबाट नै राजीनामा दिएर व्यापारको क्षेत्रमा लाग्न सभासद्लाई सुझाव दिनुभएको थियो ।