मङ्लबार, बैशाख ४, २०८१

सङ्क्रमणकाल जारी रहेसम्म राजनैतिक स्थायित्व कायम हुनसक्दैन : उपप्रम सिंह

काठमाडौँ श्रावण ४, उपप्रधानमन्त्री प्रकाशमान सिंहले राजधनीमा आज विहान इतिहास शिरोमणि बाबुराम आचार्यलगायत तत्कालीन स्थानीय शिक्षा सेवीको पहलमा २००४ सालमा स्थापना भएको गुह्येश्वरी उच्च माध्यमिक विद्यालयको ६८औँ वाषिकोत्सव कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि लोकतान्त्रिक संविधानको आवश्यक रहेको र लोकतान्त्रिक संविधान जारी नभएसम्म विद्यमान सङ्क्रमणकाल जारी रहनुको अलावा राजनैतिक स्थायित्व पनि कायम हुन नसक्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकारले अहिले संविधान निमार्णको कामलाइ विशेष प्राथमिकरण गर्दै पहिले संविधन र त्यस पछि विकास निर्माणको अथाह सम्भावनालाई समृद्धिमा परिणत गर्न आवश्यक कार्य पहिचान गरिसकेको अभिव्यक्ति दिनु भएको छ । सम्बोधनकै क्रममा उहाँले शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि सरकारले आवश्यकता अनुरुपको लगानी गर्दा पनि समूचित प्रतिफल प्राप्त हुन नसक्नु आफैमा अन्यौलताको प्रसङग भएको जिकिर गर्दै यस विषयमा शिक्षक, विद्यार्थीलगायत समाजका सबै पक्षको आवश्यक ध्यान पुग्नु जरुरी रहेको बताउँनु भएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद पराजुली का वार्षिकोत्सव उद्घाटन समारोहमा प्रधानाध्यापक मेघबहादुर बन्जरा लगायतले शिक्षा क्षेत्रको विकासका लागि राज्य समाज र शिक्षकहरुले निवाह गर्नु पर्ने भूमिकाका सम्बन्धमा प्रकास पार्नु भएको थियो ।  तस्विर युपी