शनिबार, बैशाख ८, २०८१

संवैधानिक–राजनीतिक संवाद तथा सहमतिको बैठकमा ११ विषयगत मुद्धामा सहमति

काठमाडौँ श्रावण ५,  संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको अज को बैठकले सङ्क्रमणकालीन व्यवस्थापन लगायत यस सङग सम्बन्धित ११ वटा biccविषयमा सहमति कायम गरेको छ । पहिलो संविधानसभाको संवैधानिक समितिले सहमति कायम गरिसकेका ४८ विषयमा केन्द्रित रहेर आज बसेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकबाट यस्तो सहमति कायम भएको समितिका सभापति डा. बाबुराम भट्टराईले पत्रकारहरु सङगको संक्षिप्त कुराकानी गर्दै जानकारी दिनु भएको छ ।

त्यस्तै आज सहमति कायम भएको विषयगत मुद्धहरुमा क्रमस निर्वाचन प्रणाली पुनःसंरचना समितिमार्फत टुङ्गो लगाउने त्यस्तै गरि बाधा अड्काउ फुकाउ अधिकार सङ्क्रमणकालीन भागअन्तर्गत राख्ने तथा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्र प्रमुखले आदेश जारी गर्न सक्ने व्यवस्था सङ्घीय व्यवस्थापिकाको स्वरुप लगायतका रहेको छ ।
साथै आज सहमति भएका विषय समितिले संविधानसभामा पठाउने र संविधानसभाको पूर्ण बैठकमा छलफल गरेर त्यो विषय मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने व्यवस्था मिलाइएको समितिका सभापति डा. बाबुराम भट्टराइले जानकारी दिनु भएको छ ।