शुक्रबार, बैशाख ७, २०८१

व्यवस्थापिका संसदको बैठकमा आव २०७१/७२ को वार्षिक बजेट प्रस्तुत हुँदै

 ५ करोड माग्ने सभासदलाई  १ करोड रुपैयाँ दिने घोषणा

काठमाडौँ आषाढ २९, अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद आव २०७१/ ७२ को वार्षिक आयव्यय विवरण प्रस्तुत गरिरहनुभएको छ । मन्त्रिपरिषद्को RamSaranMahatबैठकबाट आजै अनुमोदन भएको आयव्यय विवरण उहाँले आज अपराह्न १६.४० देखि बजेटको पूर्ण विवरण सदनमा प्रस्तुत गर्नु भएको हf] । सामाजिक न्यायसहितको समृद्धिका साथ उच्च आर्थिक वृद्धि, गरिबी निवारण र रोजगारी वृद्धिको लक्ष्य रहेको बजेटले ऊर्जा र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

त्यस्तै बहुचर्चित सभासदलाइ रु ५ करोडको बजेट माग प्रकरणमा अन्र्तगत निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत खर्च गर्न पाउँने गरी ५ करोड माग्ने सभासदलाई सरकारले एक करोड दिने भएको छ । जारी बजेट भाषणमा अर्थमन्त्री डा। रामशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत १ करोड रुपैयाँ दिने घोषणा गरेका हुन ।

तर कार्यक्रमको प्रभावकारिता र सभासदहरुको भावनालाई विचार गरेर यो रकममा थप गर्न सकिने मन्त्री महतले बजेट भाषणमा बताएका छन् । सरकारले सांसद विकास कोषको रकम प्रति सभासद १० लाखलाई बढाएर १५ लाख पु-याइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुगमन जिविसमार्फत हुने भए पनि जिविसको चुनाव नभएको अवस्थासम्म सम्बिन्धत सभासदले अनुगमन गर्ने गरी यसको कार्यविधि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २ महिनाभित्र तयार पारिसक्ने बजेट भाषणमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु