मङ्लबार, बैशाख ११, २०८१

वेतुकका कुरामा विश्वास छैनः ओली,पार्टीका सबै नेताप्रति आफ्नो समर्थन : नेता श्रेष्ठ

काठमाडौँ आषाढ २४, नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले महाधिवेशनस्थलमा आज पत्रकारसँग कुरा गर्दै पार्टी अध्यक्ष UML_Logo_9_th_Congressझलनाथ खनालले वरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई समर्थन गरेको भन्ने समाचरमा आफूलाई विश्वास नभएके बताउँनु भएको छ । त्यस्तै नेता ओलीले खनालले नेतृत्व हस्तान्तरणका लागि आफूलाई पटक पटक वचन दिनुभएको जिकिर गर्दै यि र यस्ता वेतुकका कुरा पछाडी लाग्न नहुने बताउँनु भएको छ ।

यसैवीच नेता नेपाल समूहतिर लागेका भनिएका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले आफू नेतृत्व हस्तान्तरण पक्षमै रहेको भन्दै सो अभियानमा लाग्न प्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेता श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका सबै नेताप्रति आफ्नो समर्थन रहेको जनाउँदै आफू पार्टी एकताको पक्षमा उभिएकाले कुनै पदमा उम्मेदवार नदिने स्पष्ट गर्नुभएको छ ।