शुक्रबार, चैत्र १६, २०८०

विनियोजन विधेयकमा भदौ ५ सम्म छलफल हुने

काठमाडौं श्रावण २, व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री डा. रामशरण महतले विनियोजन विधेयकमा छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव biccसर्वसम्मतिले स्वीकृत भए भएको छ ।
बैठकमा विनियोजन विधेयकको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि सभामुख सुवास नेम्वाङले विधेयकमाथिको विस्तृत छलफलका लागि भाद्र ५ गतेसम्म समयावधि तोक्नु भएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन ८ गते बिहीबार ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।