शुक्रबार, बैशाख १४, २०८१

विदेशमन्त्री स्वराजले भने भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमूलक

काठमाडौँ श्रावण ११, नेपालको औपचारिक भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले तीनदिने औपचारिक भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुअघि susma-sawarajत्रिभुवन विमानस्थलमा सङ्क्षिप्त मन्तव्य दिँदै आफ्नो नेपाल भ्रमण अपेक्षा गरेभन्दा धेरै उपलब्धिमूलक रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले मन्तव्यकै क्रममा नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई मुलुकबीच २६ विषयमा सहमति हुनुले दुइ देशवीचको पारस्परिक सहयोगका लागि थप गति प्रदान गरेको बताउँनु भएको थियो ।

विमानस्थलको विशिष्ट कक्षमा भारतीय विदेशमन्त्रीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, सोही मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख अमृतबहादुर राई, नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, नायब शिष्टाचार महापाल लेखनाथ भट्टराई र शिष्टाचार अधिकृत पुरुषोत्तम ढुङ्गेललगायतले बिदाई गर्नुभएको थियो ।