शनिबार, बैशाख ८, २०८१

पशुपतिनाथको दर्शन गरेर भारतीय विदेशमन्त्री स्वराज आज स्वदेश फर्कर्दै

काठमाडौं श्रावण ११, नेपाल औपचारिक भ्रमणम रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज दुईदिने भ्रमण सकेर स्वदेश फर्किदै हुनुहुन्छ । नेपाल भारत सयुक्त susma-sawarajआयोगको बैठकमा भाग लिन नेपाल आउनुभएकी विदेशमन्त्री स्वराजले औपचारिक भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री सहित दलका नेताहरुसँग छुट्टा–छुट्टै भेटवार्ता गर्नु भएको थियो । तर यस वीचमा एमाले कार्यवाहक अध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसङग भने शनिबार भेटघाटको समय तय भएपनि उहाँहरुवीच भेटवार्ता हुन नसकेपछि प्रस्तुत प्रसङगलाइ विभिन्न् अर्थमा विश्लेषण गर्ने काम पनि नभएका होइन ।

एमाले कार्यवाहक अध्यक्षसमेत रहेका उपप्रधान गौतमसङग शनिवार मल्ल होटलमा शनिबार दिउँसो ३ बजे भेट्ने तय भए पनि स्वराज समय अभाव देखाउँदै नआएको बताउँदै गर्दा भारतीय पक्षले भने कम्युनिकेसन ग्यापु का कारण भेट नभएको तर्क गरेको छन । यद्यपी स्रोतका अनुसर शनिवार हुने भनिएको भेट हुन नसकेपछि जनतामा नराम्रो सन्देश गएको भन्दै आज बिहान साढे ८ बजेका लागि भेटवार्ता तय भएको स्रोतले जनाएकोछ ।  त्यस्तै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किनुअघि आज पहिलो भेटवर्ता उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसँग त्यसपछि पशुपतिनाथको दर्शनपशुपतिनाथको र विहान १० वजे स्वदेश फर्कर्ने  कर्यक्रम रहेको भारतीय दुतावासले जनाएको छ ।