बिहिबार, बैशाख १३, २०८१

लोकतान्त्रिक संविधान सङगसङगै मुलुकमा राजनीतिक स्थायित्व : उपप्रम सिंह

काठमाडौँ श्रावण ३, उपप्रधानमन्त्री तगा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाल इन्जिनियर्स एशोसिएसनको ५२ औँ वार्षिकोत्सवको अवसरमा राजधनीमा आयोजित विशेष कार्यक्रमको उद्घाटन गर्दै आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान जारी गर्ने र त्यसले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बताउनुभएको छ ।
त्यस्तै उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम नभएसम्म मुलुकको विकास निर्माण सम्भव हुँन नसक्ने भन्दै हर हालतमा लागि माघ ८ भित्र संविधान जारी गर्नुेको विकल्प नभएको र लोकतान्त्रिक संविधान जारी भएपछिमात्र मुलुकमा राजनीतिक स्थायित्व कायम दावी गर्नु भएको छ ।

सम्बोधनकै क्रममा उपप्रमसिहंले कुनै पनि भौतिक विकासका लागि जति इन्जिनियरहरुको महत्व छ त्यति नै मुलुकको स्थायित्वको लागि लोकतान्त्रिक संविधानको महत्व छ भन्दै लोकतान्त्रिक संविधान र स्थानीय निकायको निर्वाचन भए लगत्तै आम जनताको चाहना अनुरुप मुलुक अगाडि बढ्ने बताउँनु भएको थियो । साथै त्यस अवसरमा उहाँले इन्जिनियरको क्षेत्रमा योगदान पु¥याउनुभएका इन्जिनिएर सुमन वैद्य, उमाशङ्कर शाह, डा सुवर्ण शाक्य, प्रतिमा प्रधान, माधवलाल श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ र मीनबहादुर राउतलाई सम्मान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा ऊर्जा मन्त्री राधा ज्ञवालीले मुलुकको भौतिक विकासका लागि विद्युत् भार कटौतीले असर पारिरहेको हुनाले विद्युत् भार कटौती घटाउन विभिन्न प्रयास भइरहेको भन्दै राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएपछि ऊर्जाको अभावबाट मुक्त हुने अभिव्यक्ति दिनु भएको थियो ।
त्यस्तै वार्षिकोत्सवको उद्घाटन सत्रमा सिँचाइ मन्त्री एनपी साउदले नेपालको विकासका लागि राजनीतिक स्थायित्व र शान्तिको आवश्यकता पर्ने भन्दै एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी भएपछि मुलुकमा विकासको लहर चल्ने बताउनुभएको उक्त कार्यक्रममा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल,नेपाल इन्जिनियर परिषद्का अध्यक्ष सत्यनारायण शाह, एशोसियसनका अध्यक्ष धु्रवराज थापा लगायतले पनि बोल्नु भएको थियो  । तस्विर :युपी