शनिबार, बैशाख ८, २०८१

राष्ट्रहितविपरीत भारतसँग कुनै सम्झौता नगर्न ३३ दलीय मोर्चाद्दारा सरकारको ध्यानाकर्षण

 काठमाडौँ श्रावण ८, नेपाल र भारतबीच जलस्रोत, सीमालगायतका सम्झौता गर्ने तयारी भइरहेको र ती सम्झौता राष्ट्रहित विपरीत रहेको ठहर गदै राष्ट्रिय महत्वका 9609_untitled-161विषयहरूमा राष्ट्रिय सहमति कायम नगरी भारतसँग कुनै प्रकारको सहमति र सम्झौता नगर्न ३३ दलीय मोर्चाले सरकारको ध्यानकर्षण गराएको छ ।

मोर्चाका संयोजक देव गुरुङले आज जारी विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको क्रममा राष्ट्रहितविपरीत कुनै सम्झौता नगर्न माग गर्नुभएको छ । मोर्चाले यस्तो सम्झौता रोक्न माग गर्दै श्रावण ९ र १० गते शान्तिवाटिकामा अपराह्न ४ बजे विरोधप्रदर्शन गर्ने कार्यक्रम समेत तय गरेको जनाएको छ ।