शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

rastapati office काठमाडौँ श्रावण ८,  राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा साँझ भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य स्थिति र सरकारका कामकारबाहीबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही श्रावण १८ गतेदेखि हुने नेपाल भ्रमण र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको शुक्रबार हुने भ्रमणका विषयमा समेत छलफल शस्तल निवास स्रोतले जनाएको छ ।