बुधबार, बैशाख १२, २०८१

राजनीतिक दलहरू यथास्थितिमा नै रमाउन खोजेको प्रचन्द्रको आरोप

काठमाडौँ श्रावण २, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसियसनको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन PRACHANDA_ गर्दै जनताको पक्षमा संविधान निर्माण हुने अवस्था नभएका कारण सबै वर्ग तथा क्षेत्रले संविधानसभालाई दबाव दिनुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले मुलकका राजनीतिक दलहरू फेरि पनि अग्रगमनको लागि तयार नभएको र यथास्थितिमा नै रमाउन खोजेका कारण स्थिती विकराल बन्दै गएको बताउँनु भएको छ । यदि यता तर्फ बेलैमा सचेत नहुँने हो भने आन्दोलनको बलमा स्थापित उपलब्धी गुम्न सक्ने बताउँनु भएको छ ।

त्यस्तै शनिबारसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्रमामा एमाओवादीका सचिव वर्षमान पुन, कोषाध्यक्ष हरिबोल गजुरेललगायतले जनताको अधिकार संस्थागत गर्न र प्रगतिशील संविधानका लागि सरोकारवाला पक्षबीच एकता गर्नुको विकल्प नभएको भन्दै कार्यगतएकत तर्फ ध्यान दिनु पर्ने बताउँनु भएको थियो ।