शनिबार, बैशाख ८, २०८१

यौनजन्य क्रियाकलापमा संलग्न होटल सञ्चालिका पक्राउ

काठमाडौं श्रावण २, इलाका प्रहरी कार्यालय विर्तामोडले गएराति यौनजन्य क्रियाकलापमा संलग्न दुई होटल सञ्चालिकासहित आठ जना महिलालाई पक्राउ गरी कारबाही चलाएको छ । इलाका प्रहरी कार्यालय विर्तामोडलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भए अनुसार पक्राउ पर्नेमा तिरूपति होटलका सञ्चालिका ३५ वर्षीया मीना खातुनसहित तीन जना महिला र झरना होटलका सञ्चालिका बनिता लिम्बूसहित तीन जना महिलालाई जाँचका क्रममा पक्राउ गरिएका थाहा भएको छ ।