शुक्रबार, बैशाख १४, २०८१

युवा शक्ति पलायनको क्रम रोक्नु आजको प्रमुख चुनौति :पूर्वअर्थमन्त्री पुन

काठमाडौँ आषाढ २१, बिपी चिन्तन प्रतिष्ठान र युवा स्वरोजगार कोषद्वारा आज यहाँ आयोजित ‘युवा स्वरोजगार कार्यक्रमको प्राथमिकता’ विषयक barsa-man-pun2 अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा युवा बेरोजगारी अन्त्य गर्ने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । साथे उहाँले  मुलकमा बढ्दो युवा शक्तिको पलायनको क्रम रोक्नु आजको प्रमुख चुनौति भएको  बताउँदै उनीहरुलाई स्वदेशमा नै रोजगार उपलब्ध गराउनुपर्नेमा रकार जागरुक हुँनु पर्ने बताउँनु भएको छ ।  त्यस्तै गरि पूर्वराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले युवाहरु राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएकाले युवा लक्षित कार्यक्रमलाई बजेटले समेटिेनु पर्ने बतउँनु भएको छ ।

कार्यक्रममा विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले युवाहरु राष्ट्र निर्माणका लागि महत्वपूर्ण पक्ष भएका कारण उनीहरुको समग्र विकासका लागि सरकारले आवश्यक कायैम तय गरि प्राथमिकता दिनुपर्ने बताउनुभ एको उक्त कार्यक्रमम युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले युवा शक्तिलाई राष्ट्र विकासका लागि लगाउन उनीहरुको क्षमता अभिवृद्धि गर्ने किसिमका कार्यक्रम आजको आवश्यकता भएकोमल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोद गुरागाईंले युवा शक्तिको उपयोगका लागि उनीहरुलाई राज्यले विभिन्न किसिमका अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।